२१ चैत्र /अर्थ र व्यापार - भाटभटेनी मनी ट्रान्सफर र सिभिल बैंकबीच चैत्र २० गते विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षार भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार भाटभटेनी ग्रुप द्वारा प्रबर्दित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ वटै शाखाहरुबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ ।
साथै यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनी सुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया