logo

बेष्ट फाइनान्सको प्रमुख कार्यकारीमा उमेशसिंह भण्डारी नियुक्त

    1446   पटक पढिएको


१ पुस/अर्थ र व्यापार– बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । 
कम्पनीले भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको हो ।

भण्डारीले कुमारी बैंकबाट स्वेच्छिक अवकाश लिएर बाहिरिएका हुन् । कुमारी जानुअघि उनी काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत थिए ।

मर्जरमा भण्डारीको बिशेष दक्षता भएकै कारण भण्डारीलाई बेस्ट फाइनान्समा मर्जर गराउने सर्तसहित लगिएको हो ।

भण्डारीले काष्ठमण्डपसँगै सेती फाइनान्स, काँक्रेबिहार डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्स कुमारीमा गाभ्न भण्डारीले महत्वपूर्ण भूमिका रहेको थियो ।

बेस्ट फाइनान्समा भण्डारीलाई एक वर्षभित्र फाइनान्सको खराब कर्जा ५ प्रतिशतभन्दा तल झार्नुपर्ने सर्तसहित नियुक्त गरिएको हो । अहिले फाइनान्सको १२ प्रतिशत हाराहारी खराब ऋण छ ।

साथै, नोक्सानीमा रहेको संस्थालाई नाफामा लैजानुपर्ने सर्त पनि सञ्चालक समितिले राखेको छ । अहिले सञ्चिति नोक्सान ३० करोड छ । यो ऋणको नोक्सानी ब्यवस्थापन गरिसकिएको छ ।

साथै संस्थालाई फाइनान्स कम्पनी वा क्षेत्रीय स्तरको विकास बैंकसँग गाभेर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति गराउनुपर्ने जिम्मा पनि सञ्चालक समितिले उनलाई दिएको छ । 

त्यसैगरि, विदेशी उपयुक्त साझेदार भित्र्याउन पहल गर्ने ’टीओआर’ पनि दिइएको छ ।  संस्थाको अहिले १४ वटा शाखा कार्यालय छन् । करिब ३ अर्ब निक्षेप र साढे २ अर्ब ऋण लगानी छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।