३० बैशाख /अर्थ र व्यापार - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेस्रो त्रैमासमा ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन भएको छ । अघिल्लो बर्षको भन्दा १३ दशमलव ४२ प्रतिशले वृद्धि गरेको हो । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३ अर्ब ८ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।
९ अर्ब ४७ लाख रुपैयाँ चुक्ता पुँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा १४ अर्ब ९ करोड ७ लाख रुपैयाँ राखेको छ । बैकले निक्षेपमा १ खर्ब ७२ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ३७ अर्ब २ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ९ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १९ दशमलव २० प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २५ दशलमव ३० प्रतिशतले बढेर ४ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा ४ दशमलव २८ प्रतिशत र पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ८१ प्रतिशत रहेको छ
तपाईको प्रतिक्रिया