२ भदौ / अर्थ र व्यापार – एनएमबि बैंकले बैंकास्युरेन्स् सेवाको लागी मेटलाइफ इन्स्योरेन्स् कम्पनीसँगको सम्झौता गरेको छ । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मेटलाइफका भाइस प्रेसिडेण्ट तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता बाट एनएमबि बैंकले नेपालभरी फैलिएको शाखाहरुबाट ग्राकहहरुलाई सरल, सुलभ र उत्कृष्ट सेवा सहित मेटलाईफको जीवन बीमा योजनाहरु उपलब्ध गराउने छ । सम्झौताले एनएमबि बैकलाई आफ्नो सेवाग्राहीहरुका सम्पूर्ण वित्तीय आवश्यकता सम्बोधन गर्न सहयोग हुनेछ र बैंकले आगामी दिनमा समेत यसप्रकारका अन्य उत्कृष्ठ सेवा प्रदान गरिरहने छ ।
बैंकले विश्व स्तरीय बैंकिङ प्रोडक्ट तथा सेवा–सुविधाहरुमा काम गर्दै ग्राहकहरुलाई अत्तिरिक्त सुविधा दिन यो सम्झौताले थप टेवा पुग्नेछ ।
तपाईको प्रतिक्रिया