logo

बैंकिङ कसुरमा फरार पञ्चम अकौलिया भरतपुरबाट पक्राउ  

    1588   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार– प्रहरीले सोमबार चितवनको भरतपुरबाट बैंकिङ कसुरमा दोषी ठहरिएका पञ्चम अकौलिया पक्राउ परेका छन् ।
चेक बाउन्स प्रकरणमा अदालतबाट सजाय तोकेपछी लुकिछिपी बस्दै आएका पञ्चम अकौलियालाई प्रहरी प्रधान कार्यालयको अनुसन्धान ब्युरोले भरतपुरबाट पक्राउ गरको हो ।

ब्युरोले आफ्नो खातामा पैसा नभए पनि चेक काट्ने पञ्चम अकौलियालाई प्रहरीले सोमबार चितवनको भरतपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । 

प्रहरीले अकौलियालाई चितवन जिल्ला अदालतमा पेश गरिसकेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

अकौलियाले मनोजप्रसाद साहसँग सापटी रकम लिई तिर्ने बेलामा खातामा पैसा नभएको एनएबि बैंकको चेक दिएका थिए । चेक बाउन्स भएपछि साहले अकौलियाविरुद्ध कारबाहीका लागि किटानी जाहेरी दिएका थिए ।

उक्त मुद्दामा उच्च अदालत पाटनले २०७५ असार २२ गते फैसला गर्दै  ५१ वर्षीय अकौलियालाई १० दिन कैद १७ लाख जरिवाना तोकेको थियो । उच्च अदालत पाटनले दोषी ठहराई सजाए तोकेका अकौलिया त्यसयता फरार थियो ।

अकौलिया विरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ बमोजिम कारबाही अघि बढाईने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।