logo

सर्वोच्च अदालतद्वारा बैंकिङ कसुरको आरोप लागेका १३ जनालाई अदालतमा हाजिर हुन सूचना जारी

    1112   पटक पढिएको

११ चैत्र /अर्थ र व्यापार - बैंकिङ कसुरको आरोप लागेका विभिन्न फाइनाइन्सका सञ्चालकसमेत १३ जनालाई १५ दिनभित्र अदालतमा हाजिर हुन सर्वोच्च अदालतले सोमबार सूचना जारी गरेको छ । काठमाडौंमा सञ्चालित जनरल फाइनाइन्सका तत्कालीन सदस्य उमेश श्रेष्ठ, तत्कालीन सुपरभाइजर सरस्वती भट्टराई र संगीता कार्कीलाई अदालतले १५ दिनभित्र हाजिर हुन भनेको छ । ३ जनाविरुद्ध सर्वोच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचारधीन छ ।

सर्वोच्च अदालतले जनकपुर–३, धनुषाकी शालु गोयन्कालाई पनि बैंकिङ कसुर ठगीमा अदालतमा हाजिर हुन भनेको छ । त्यस्तै,भोजपुर गोगनेका सुनमन शाक्य, काठमाडौं २९ की अञ्जु पाण्डे पोखरेल र काठमाडौं ३३ डिल्लीबजारका केपी शर्मालाई पनि अदालतले बैंकिङ कसुरको मुद्दामा १५ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ ।

धरान नगरपालिका–१७ का नवीन चोङवाङ, काभ्रेपलाञ्चोक खरेलथोकका अर्जुन लामा, निजगढ गाविस–७ बाराका रामहरि घिमिरे र कामनपा ९ सिनामंगलका बाबुकाजी मुल्मीलाई सर्वोच्च अदालतले बैंकिङ कसुर गरी बेपत्ता बनेका व्यक्तिको सूचीमा राखेको छ ।
त्यस्तै, सर्वोच्च अदालतले झापाको शिवनगर नगरपालिका–८ का विकास पौडेल र वविता पन्त पौडेललाई पनि बैंकिङ कसुरमा फरार व्यक्ति बताउँदै अदालतको सम्पर्कमा आउन भनेको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।