२७ असार / अर्थ र व्यापार – २८ र २९ गते राष्ट्रिय स्तरका दुई विकास बैंकको बैकिङ कारोबार बन्द हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन लागेको एस डेभलपमेन्ट बैंकको २८ गते कारोबार बन्द हुनेछ । यो बैंकको २९ गतेदेखि इन्भेष्टमेन्ट बैंकमा गाभिएर एकिकृत कारोबार हुँदैछ ।
त्यस्तै, सिद्धार्थ डेभलपमेन्ट बैंकले २९ गते कारोबार बन्द गर्नेछ । यो बैंक जनता बैंकसँग गाभिदँैछ । यस बैंकका ग्राहक तथा सेयरधनी ३० गतेदेखि जनता बैंकका ग्राहक तथा सेयरधनी हुनेछन् । दुबै बैंकले डाटा एकिकृत गर्ने प्रयोजनको लागि एकिकृत कारोबार हुनुभन्दा एक दिनअघि बैकिङ कारोबार बन्द गरेको छ ।
तपाईको प्रतिक्रिया