२१ असार / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले झापाबाट सञ्चालनमा रहेको नेपाल बहुदेश्यीय सहकारी संस्थालाई यसअघि दिइएको सिमित बैंकिङ कारोबार गर्न इजाजत रद्द गरेको छ ।
सहकारीले ओभरड्राफ्ट कर्जा दिएको, नियम विपरित एकाघर परिवारका सदस्यहरुलाई कर्जा लगानी गरेको, संस्थाको प्रबन्ध निर्देशकले आफ्नो अचल सम्पत्तिको धितोमा कर्जा दिइएको भन्दै राष्ट्र बैंकले इजाजत रद्द गरेको हो ।
संस्थाले राष्ट्र बैंकले पठाएको परिपत्रको उत्तर नदिने गरेको, संस्थागत निक्षेप पनि लिने गरेर संस्थागत सुशासन विरद्धको काम गरेको देखिएको छ ।
तपाईको प्रतिक्रिया