logo

बैंकर कपिल शर्मा खनालको हिजो साँझ निधन

    1372   पटक पढिएको

२३ माघ/ अर्थ र व्यापार - नबिल बैंकको फर्स्ट जेनेरेसन बैंकर कपिल शर्मा खनालको निधन भएको छ । बर्ष दिनदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका शर्माको हिजो साँझ निधन भएको हो ।

उनको केही समयअघि मुटुको पनि शल्यक्रिया गरिएको थियो । शर्माको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । लामो समयदेखि नबिल बैंकमा रहेका उनी त्यहाँ छाडेर क्लिन इनर्जी डेभलपमेन्ट बैंक गएका थिए । सुरुमा डेपुटी प्रमुख कार्यकारीका रुपमा त्यहाँ गएका उनी पछि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । 

बर्ष दिनअघि उनी उपचारका लागि भारत पुगेका थिए । हिजो साँझ मेडिसिटी हस्पिटलमा उनको निधन भएको हो । शर्माकी श्रीमती र एक छोरा, एक छोरी छिन् । छोराछोरी दुबै अध्ययनका लागि अस्ट्रेलियामा छन् ।

उनलाई नजिकबाट चिन्ने बैंकरहरु ‘प्रोफेसनल बैंकर’ का रुपमा परिचय दिन्छन् । आफ्नो सिद्धान्तसँग सम्झौता गर्न नसकेकै कारण उनी बौद्धिक बैंकर हुँदाहुँदै पनि बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी बन्न नसकेको उनी निकटहरु बताउँछन् । क्लिन इनर्जी एनएमबी बैंकसँग मर्ज हुने भएपछि उनले बैंकिङ करियरबाटै विश्राम लिएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।