logo

३ बैंकद्वारा लाभांश वितरण गरेको सूचना सार्वजनिक 

    1004   पटक पढिएको

८माघ /अर्थ र व्यापार - साधारण सभा सकेका कम्पनीहरुले धमाधम लाभांश वितरण गर्न थालेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, गण्डकी विकास बैंक र सिर्जना फाइनान्सले लाभांश वितरण गरेको सूचना सार्वजनिक गरेका हुन् । नेपाल इन्भेष्टमेण्ट बैंकको पुस २९ गते सम्पन्न २२ औं वार्षिक साधारण सभावाट पारित भएको २२ प्रतिशत नगद लाभांश पुस २६ गते सम्म डिम्याट खातासंगै अद्यावधिक गरिएको बैंक खातामा पठाएको छ ।

डिम्याट खाता भएको तर बैंक खाता अद्यावधिक नभएको शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । अद्यावधिक गराएको बैंक खातामा क्रमश लाभांश जम्मा गरिने बैंकले जनाएको छ । यस्तै हालसम्म डिम्याट खाता नभएका शेयरधनहरुलाई डिम्याट खाता खोलि आइपिएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा आवद्धता हुन आग्रह गरेको छ । गण्डकी विकास बेंकको पुस २६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित लाभांश शेयरधनीहरुलाई वितरण गरेको छ । बैंकले पुस १० गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका शेयरधनीहरुलाई १४.२० प्रतिशत करसहित नगद लाभांश बैक खातामा जम्मा गरेको जनाएको छ ।

पुस १० गते पछि बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुलाई नगद लाभांस बैंक खातामा जम्मा गरिने बताएको छ । यस्तै हाल सम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई डिम्याट गराएर हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरेको खातामा नगद लाभांश जम्मा हुने जनाएको छ ।

यसैगरी सिर्जंना फाइनान्सले पनि नगद लाभांश वितरण गरेको छ । फाइनान्सको पुस २८ गते सम्पन्न १८ औं वार्षिक सुाधारण सभाले ९.५० प्रतिशत नगद लाभांश पारित गरेको थियो । नगद लाभांश डिम्याट खातामा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिएको फाइनान्सले जनाएको छ । 

शेयर डिम्याट गर्न बाँकी रहेको शेयरधनीहरुलाई निक्षेप सदस्यकोमा डिम्याट खाता खोल्न र बैंक खाता आवद्ध गर्न आग्रह गरेको छ । त्यस पछि डिम्याटसंग अद्यावधिक भएको बैंक खातामा लाभांश पाठाउने फाइनान्सले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।