logo

बैंक अफ काठमाण्डूद्वारा  शेयरधनीलाई लाभांश वितरण

    1046   पटक पढिएको

२१ माघ /अर्थ र व्यापार  - बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट वितरण गरेको नगद लाभांश शेयरधनीकै बैंक खातामा पठाएको छ । बैंकले बुकक्लोजको दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो । साथै बैंकले हालसम्म शेयर डिम्याट नगरेका तथा हितग्राहि खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई नगद लाभांश जम्मा गर्नको लागि हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकको माघ १७ गते गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश तथा १४ प्रतिशत बोनस पारित गरेको थियो । बोनस भने नेप्सेमा सूचीकृत भएपश्चात मात्र पठाउनेछ । बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यसपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा पनि नगद लाभांश क्रमश बैंक खातामा नै क्रमश जम्मा हुने बैंकले जनाएको छ । बैंकले साधारण सभा प्रयोजनको लागि बैंकले पुस ३० गते बुकक्लोज गरेकाले बैंकको लाभांश पुस २९ गते आइतबार सम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।