logo

१४ प्रतिशत बोनस पश्चात बैंक अफ काठमाण्डूको शेयर मुल्य समायोजन

    1114   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - बैंक अफ काठमाण्डू (BOKL) को नेपाल स्टक एक्सचेञ्जमा पुस ३० गते सोमबार शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन गरिएको हो ।
स्टकका अनुसार बैंकको १४ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य २८८ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । सोमबार बैंकको शेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुल्नेछ । बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा ३२८ रुपैयाँ ३० पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।

बैंकले माघ १७ गते आह्वान गरेको साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ३० गते सोमबारदेखि बुक क्लोज गरेको हो । साधारण सभाले गत आवको नाफाबाट १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । सो लाभांश पुस २९ गते आइतबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् । बैंकले माघ १७ गते बिहान १० बजे एलिस रिसेप्सन गैरीधारा काठमाडौंमा २४ औं वार्षिक साधारण सभा डाकेको छ । 

बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी शेयर ब्रोकर सम्बन्धी कार्य गर्न बैंकको प्रबन्धपत्र संसोधन गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तयारी समेत साधारण सभामा गरेको छ । हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।