logo

१४ प्रतिशत बोनस पश्चात बैंक अफ काठमाण्डूको शेयर मुल्य समायोजन

    1175   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - बैंक अफ काठमाण्डू (BOKL) को नेपाल स्टक एक्सचेञ्जमा पुस ३० गते सोमबार शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन गरिएको हो ।
स्टकका अनुसार बैंकको १४ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य २८८ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । सोमबार बैंकको शेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुल्नेछ । बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा ३२८ रुपैयाँ ३० पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।

बैंकले माघ १७ गते आह्वान गरेको साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ३० गते सोमबारदेखि बुक क्लोज गरेको हो । साधारण सभाले गत आवको नाफाबाट १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । सो लाभांश पुस २९ गते आइतबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् । बैंकले माघ १७ गते बिहान १० बजे एलिस रिसेप्सन गैरीधारा काठमाडौंमा २४ औं वार्षिक साधारण सभा डाकेको छ । 

बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी शेयर ब्रोकर सम्बन्धी कार्य गर्न बैंकको प्रबन्धपत्र संसोधन गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तयारी समेत साधारण सभामा गरेको छ । हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।