२७ मंसिर /अर्थ र व्यापार - संघीय सरकारले स्थानीय निकायको बजेट बैंकहरुलाई चलाउन दिएपछि निक्षेपमा सुधार देखिएको छ । एकैसाता निक्षेप ४२ अर्बले बढेको छ । ऋण लगानी सात अर्ब रुपैयाँले मात्र बिस्तार भएको छ । मंसिर लागेयता बैंकहरुले लगानीमा केही संयमता पनि देखाएका छन् । मंसिर देखि ४१ अर्बले निक्षेप बढ्दा ऋण लगानी २० अर्बले मात्र बढेको छ ।
बैंकहरुले अहिले आएर संयमता अपनाएपनि चालु बर्षको निक्षेप संकलन र ऋण बिस्तारको सन्तलन भने अझै मिलेको छैन । चालु बर्ष बैंकहरुले १३७ अर्ब रुपैयाँ निक्षेप उठाएका छन् । ऋण लगानी भने १९२ अर्ब रुपैयाँ पुगिसकेको छ ।
निक्षेप र ऋण बिस्तारको सन्तुलन नमिल्दा अहिले बैंकहरुको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) दबाबमा छ । त्यही भएर बैंकहरुले अहिले ब्यक्तिगत मुद्दति निक्षेपको ब्याजमा प्रतिस्पर्धा गर्न थालिसकेका छन् । प्रतिस्पर्धाका कारण ब्याज १३ प्रतिशतमाथि पुगिसकेको छ ।
तपाईको प्रतिक्रिया