१९ पुस/ अर्थ र व्यापार - चालु आर्थिक बर्ष बाणिज्य बैंकहरुको निक्षेप १६१ अर्ब रुपैयाँले बढेर २६ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । यो पुस १३ गतेसम्मको तथ्यांक हो । यो अवधिमा ऋण लगानी भने २१५ अर्ब रुपैयाँले बढेर २३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको कडाइका कारण पछिल्लो समय बैंकहरुले ऋण र निक्षेपको सन्तुलन मिलाउन थालेका छन् । यद्यपी बैंकहरु अझै पनि कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी रेसियो) को दबाबमा छन् । पुसमा मात्रै बैंकहरुको निक्षेप १० अर्बले बढेको छ । ऋण बिस्तार सात अर्ब रुपैयाँले बढाएका छन् ।
तपाईको प्रतिक्रिया