२६ असार / अर्थ र व्यापार – चालु आर्थिक बर्षको चैतमसान्तसम्ममा मोबाइल बैकिङ्गका ग्राहकहरुको संख्या २४ लाख २७ हजार पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ७ लाख ३५ हजार पुगेको छ ।
यसअवधिमा निक्षेप खाता खोल्ने नेपालीको संख्या १ करोड ८८ लाख पुगेको छ । पौने दुई करोड बढी निक्षेप खाता संचालनमा रहेपनि यसअवधिमा बैंकबाट कर्जा लिनेको संख्या ११ लाख ८३ हजार मात्र रहेको छ ।
२०७३ चैत्रसम्मा देशभर २ हजार ४७ एटीएम संचालनमा आएका छन् । यसअवधिमा ५१ लाख ८ हजार डेबिट कार्ड तथा ६४ हजार क्रेडिट कार्ड जारी भएको छ ।
तपाईको प्रतिक्रिया