logo

निषेधाज्ञामा पनि बैंकको बढ्यो व्यापार

    813   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार- निषेधाज्ञायता वाणिज्य बैंकहरुको निक्षेप ४६ अर्बले बढेको छ भने निषेधाज्ञामै पनि बैंकहरुले ४० अर्ब रुपैयाँले व्यापार बढाएका छन् । वैशाख १६ गतेबाट काठमाडौं उपत्यका लगायत करिब ७५ जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञापछि मालपोत लगायतका कार्यालय सबै बन्द छन् । बैंकहरुले पनि काउन्टर बाहेक खोलेका छैनन् । तर, वैदेशिक व्यापारसँग सम्बन्धित ऋण भने रोकिएको छैन ।

बैंकहरुको ऋण एक सातामै ऋण ८ अर्बले बढेको भने निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ । जेठ महिनामा मात्र ऋण १८ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुले चालु आर्थिक वर्ष ४ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप उठाएका छन् । तर ऋण भने ७ खर्ब ३१ अर्ब रुपैयाँ दिएका छन् । अहिले बैंकहरुसँग कुल निक्षेप ३९ खर्ब ४८ अर्ब रुपैयाँ छ भने ऋण ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।