logo

बैंकहरु धमाधम ब्याज दर घटाउने क्रममा

    2783   पटक पढिएको

६ असार / अर्थ र व्यापार - वाणिज्य बैंकहरु बीच निक्षेप तथा कर्जाको ब्याज दर बढाएर उछिन पाछिन गर्ने प्रतिस्पर्धा अब अन्त्य भई उल्टो गति सुरु भएको छ । बैंकहरुले अब ब्याज दर घटाउने प्रतिस्पर्धा सुरु गरेका छन् , जसको लाभ ऋणीहरुलाई हुनेछ । केही नाम चलेका बाणिज्य बैंकहरुले मुद्धतीको ब्याज दर घोषित रुपमा १२ प्रतिशत र अघोषित रुपमा १५ प्रतिशतसम्म पुर्याएकामा अब त्यसलाई ११ प्रतिशतमा सिमित गरिसकेका छन् भने केहीले त्यो भन्दा पनि तलको बिन्दुमा ल्याउन तीब्र गृहकार्य गर्दैछन् ।

असार महिना लाग्दा सरकारी बजेट खर्च बढ्ने, चुृनावी खर्चको पैसा बैकिड. प्रणालीमा फर्किने र साउन नलागी नयाँ कर्जा प्रबाह नगर्ने बैंकहरुको परम्परागत व्यवहारले ब्याज दर घटाउन बल पुगेको देखिन्छ । केही बैंकहरुले पूँजी बढेको आधारमा व्यापार बिस्तार गर्ने नाममा अचाक्ली कर्जा प्रबाह गर्दा पूँजी कर्जा निक्षेप अनुपात अर्थात सीसीडी ८० प्रतिशत नाघेको पत्तै पाएनन् र राष्ट्र बैंकको कारबाहीबाट बच्न निक्षेपको ब्याजदर पनि त्यसै गरी बढाएका थिए तर अहिले आएर उनीहरुको सीसीडी सन्तुलनमा आईसकेको अवस्था हुँदा पनि निक्षेपको ब्याज दर घटाएको हुनसक्छ ।

यसबाट बैंकहरुमा लगानी योग्य रकम बढ्न गई कर्जाको ब्याज दर सस्तो हुने र साउनमा उद्यम गर्नेले आबश्यक कर्जा पाउनसक्ने संभावना बलियो बन्दै गएको छ । वाणिज्य बैंकहरु जसले १२ प्रतिशत र सो भन्दा माथि मुद्धतीको ब्याज दर बिज्ञापन राखेका छन् । उनीहरुले अब त्यस्तो बिज्ञापन धमाधम हटाउँदै छन् र ११ प्रतिशत वा सो भन्दा तल झार्दैछन् । माछापुच्छ्रे बैंकले ब्याज दर १२ प्रतिशतबाट ११ प्रतिशतमा झारिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।