logo

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप कुल अर्थतन्त्रको आकारभन्दा माथि

    834   पटक पढिएको

२० फागुन /अर्थ र व्यापार - अहिले अर्थतन्त्रको आकार ३० खर्ब सात अर्ब रुपैयाँको छ । बैंक तथा वित्तीय संस्थासँग निक्षेप भने ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यो तथ्यांक पुस मसान्तसम्मको हो । यस हिसाबले कुल अर्थतन्त्रको आकारमा निक्षेपको हिस्सा करिव २ प्रतिशत बिन्दु माथि पुगेको छ । 

बाणिज्य बैंकहरुसँग भएको निक्षेपको हिस्सा मात्र ८८.३५ प्रतिशत छ । विकास बैंकहरुको ११.३६ प्रतिशत र फाइनान्स कम्पनीहरुको २.२५ प्रतिशत पुगेको छ । निक्षेप मात्र होइन ऋणको हिस्सा पनि बढदो छ । कुल अर्थतन्त्रको आकारसँग तुलना गर्दा ऋणको आकार ९१.२ प्रतिशत छ । 

यसमा बाणिज्य बैंकहरुको ऋण ७९.०२ प्रतिशत छ । विकास बैंकहरुको १०.०९ प्रतिशत छ भने फाइनान्स कम्पनीहरुको २.०९ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार, कुल ऋणमा बैंकिङ क्षेत्रको खराब कर्जा अंश २ प्रतिशत माथि पुगेको छ । बाणिज्य बैंकहरुको २.२१ प्रतिशत छ भने विकास बैंकको १.१२ र फाइनान्स कम्पनीको १०.४६ प्रतिशत खराब कर्जा छ । औषत भने २.३४ प्रतिशत मात्र छ ।

बैंक तथा वित्तीय संस्थाहरुले उठाएको निक्षेप कुल अर्थतन्त्रको आकारभन्दा माथि पुगेको छ । सहकारी र लघुवित्तको समेत जोड्ने हो भने यो निक्षेपको हिस्सा अझ बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।