८ चैत्र /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले बैंकमा रहेका खाता वालाहरुलाई थप कडाइ गर्ने भएको छ । बैंकमा खाता खोलेर सञ्चालन नगर्ने र खाता निष्कृय भएका खाताहरुमा थप कडाइ गर्ने भएको हो । राष्ट्र बैंकले वित्तीय स्रोत संकलन सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै तीन बर्षसम्म बचत खातामा कारोबार नभए त्यस्ता खाताहरुलाई निष्कृय गर्नुपर्ने व्यवस्था गरेको विहिबार जारि गरेको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंंकले कल र चल्ति खाता ६ महिनासम्म कारोबारमा नआए त्यसलाई समेत निष्कृय गर्ने व्यवस्था गरेको छ । यदि बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्था बमोजिम निष्कृय गरिएका खाताहरुको हकमा यसै व्यवस्था बमोजिम अध्यावधिको गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । निष्कृय भएको खाता अद्ययावधिक गराउन चाहेमा भने ग्राहकले बैकमा एउटा निवेदन दिए मात्र पुग्नेछ ।
तपाईको प्रतिक्रिया