२४ साउन / अर्थ र व्यापार – सरकारी स्वामित्व र दोस्रो ठूलो शाखा सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो १७९ शाखा कार्यालयबाट निःशुल्क आस्वा प्रदान गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खातामा रकम रोक्का गरी साधारण सेयरमा आवेदन गर्ने सेवालाई निःशुल्क बनाएको हो । यसअघि बैंकले यस्तो सेवा उपलब्ध गराए बापत एक सय रुपैयाँ सेवा शुल्क लिँदै आएको थियो ।
यससँगै लगानीकर्ताले साउन २७ गतेदेखि निष्काशन खुला हुने नेपाल हाईड्रो डेभलपर कम्पनी र साउन २९ गतेदेखि निष्काशन खुला हुने पोखरा फाईनान्सको थप नयाँ साधारण सेयर(एफपीओ) मा राष्ट्रिय बाणिज्य बैंकको सबै शाखा कार्यालयबाट निःशुल्क आवेदन गर्न सक्नेछन् । यसरी आवेदन गर्दा सेवा शुल्क लाग्दैन भने आवेदन गरिएको रकममध्ये आईपीओ परेमा साधारण सेयर परेको रकम कट्टा गरी अरु रकम फुकुवा हुनेछ ।
तपाईको प्रतिक्रिया