logo

नेपाल बंगलादेश बैंकको २४ औं साधरणसभा सम्पन्न,  १०.५३ प्रतिशत नगद लाभांश पारित

    1096   पटक पढिएको

२६ पुस/अर्थ र व्यापार - नेपाल बंगलादेश बैंक (NBB) को पुस २६ गते सम्पन्न चौविसौं वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १०.५३ प्रतिशत नगद लाभांश पारित गर्दै प्रबन्धपत्र संसोधन गरेर सहायक कम्पनी स्थापना गरि धितोपत्र कारोबार (स्कट ब्रोकर) सँग सम्बन्धि सम्पुर्ण कार्य गर्ने व्यवस्था थप गरेको छ ।

बैंकको साधारण सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली समेत संसोधन गरेको छ । प्रबन्धपत्रमा सम्बन्धित नियामक निकायको स्वीकृति लिएर सहायक कम्पनी स्थापना गरी धितोपत्र कारोबार (स्कट ब्रोकर) सँग सम्बन्धि सम्पुर्ण कार्य गर्ने गरी संशोधन गरिएको हो । 

यससँगै अब बैंकलाइ धितोपत्र कारोबार सम्बन्धि काम गर्नका लागि एक चरणको बाटो खुला भएको छ । नियामक निकायबाट अनुमति प्रदान भएपछि बैंकले ब्रोकर सेवा प्रदान गर्न पाउनेछ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्ता पुँजीको १०.५३ प्रतिशत अर्थात ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ नगद लाभांश लाभांश पारित गरेको हो । यससँगै अब शेयरधनीलाइ लाभांश वितरणको गर्न बाटो खुलेको छ । साधारण सभा गर्नका लागि बैंकले पुस १५ गते बुकक्लोज गरेको छ । यसअनुसार पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । 

हाल आठ अर्ब आठ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ भन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ १५०.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २० गुणा बढी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।