२७ मंसिर/ अर्थ र व्यायार - ब्यक्तिगत निक्षेपमा मात्र प्रतिस्पर्धा गरिरहेका बाणिज्य बैंकहरु पछिल्लो समय संस्थागत निक्षेपमा पनि ब्याज बढाबढमा लागेका छन् । बैंकर्स संघको सहमति र राष्ट्र बैंकको नियामकीय प्रावधान बिपरित बाणिज्य बैंकहरुले संस्थागत निक्षेपमा पनि प्रतिस्पर्धा थालेका हुन् ।
राष्ट्र बैंकको प्रवाधान अनुसार प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढि मात्र संस्थागतलाई ब्याज दिन पाइन्छ । बैंकर्स संघले ११ प्रतिशतभन्दा बढि नदिन समझदारी गराएको छ । केही बैंकहरुले भने ब्यक्तिगत निक्षेप सरह नै संस्थागतलाई १३ प्रतिशत ब्याज दिन थालेका हुन् ।
बैंकर्स संघ र राष्ट्र बैंकमा पनि यस बारेमा गुनासो परेको स्रोतको दावी छ । राष्ट्र बैंकका अधिकारीहले संस्थागत निक्षेपमा बढि ब्याज दिएको भन्ने उजुरी परेको पुष्टी गर्दै त्यसको स्थलगत निरिक्षण गरेर ठाउँमा ल्याउने बताएका छन् । संस्थागत मुद्दतिको ब्याजमा प्रतिस्पर्धा चल्दा ब्याज महँगो भएको भन्दै बैंकरले सहमति गरेका थिए । राष्ट्र बैंकले पनि प्रकाशितभन्दा २ प्रतिशत बिन्दुै बढि दिन पाइने नियामकीय प्रवाधानलाई घटाएर एक प्रतिशत बिन्दुमा झारेको थियो ।
तपाईको प्रतिक्रिया