logo

ग्रामीण विकास लघुवित्तद्धारा विद्यालयलाई सहयोग

    1066   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सेमलार र बाँसगढीको कार्यक्षेत्रमा पर्ने बुटवल उपमहानगर पालिका, रानीवगिया, रुपन्देही स्थित सैनामैना माध्यमिक विद्यालयलमा पिउनेपानी स्वच्छ बनाउनका लागि फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको पानी प्रशोधन उपकरण जडान गरी हस्तान्तरण गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्याल र प्राचार्य नेत्रलाल पुरीलाई विद्यालयमा आयोजित हालै एक समारोहका बीच सो पानी प्रशोधन उपकरण हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कार्कीले सामुदायिक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न संस्थाले पानी प्रशोधन उपकरण जडान गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष फाईदा पुग्ने बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।