२१ माघ / अर्थ र व्यापार - नेपाल बंगलादेश बैँकले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर हस्तान्तरण गरेको छ । बैंकले अपाङ्गता भएका १० जना व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको जनाएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका ह्वीलचियरहरु वितरण गरेको जनाएको छ ।
बैँकका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरेका हुन् ।
तपाईको प्रतिक्रिया