२३ माघ / अर्थ र व्यापार - एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।
जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ । एशियन लाइफको जीवन बीमामा १९ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब रुपैयाँ रहेको थियो ।
२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड रुपैयाँ मात्र संचिती रहेको थियो ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोमा १ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबापत इन्स्योरेन्सले ४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
समिक्षा अवधिसम्म कम्पनीले १२ करोड १३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३२० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म कम्पनीको बीमालेख संख्या २ लाख ८३ हजार ३ सय ९५ वटा बीमालेख जारी भएको छ । प्रति शेयर आम्दानी भने १२ रुपैयाँ ७ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया