logo

आशा लघुवित्तले बनायो ७९.६२ प्रतिशत आवेदकलाई निराशा

    1390   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार - आशा लघुवित्तले जारी गरेको आईपिओ शुक्रबार बाँडफाँड भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कूल आवेदकहरु मध्ये २०.३८ आवेदकले शेयर पाएका छन् भने ७९.६२ प्रतिशत आवेदक खाली हात भएका छन् ।

धितोत्रप निकाष्शन तथा बाँडफाँड नियमावली अनुरुप १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आवेदकले लघुवित्तको शेयर हात पारेका छन् । क्यापिटलका अनुसार लघुवित्तको ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि कूल ३ लाख ९ हजार ७८२ आवेदक बाट एक करोड १५ लाख ८२ हजार २३० कित्ता शेयर माग भएको थियो ।

जसमध्ये ३२ हजार ९ सय कित्ता शेयरका लागि परेको ६७७ वटा आवेदन भने रद्ध भएका छन् । बाँकी ३ लाख ९ हजार १०५ आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराउँदा २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाएका हुन् । लघुवित्तको आईपिओमा १८.३९ गुणा बढीको आवेदन परेको थियो । लघुवित्तको आईपिओमा न्यूनतम १० र बढीमा तीन हजार ३७० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आइपिओ निष्काशन गरेको थियो । जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।