१३ जेठ /अर्थ र व्यापार - एशियन लाइफ इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच हिजो आइतबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हिजो (आइतबार) बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोखरेल, कम्पनी सचिव श्याम बहादुर बोहोरा र अपरेसन प्रमुख सुमन लामिछानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एशियन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र विर्तामोड शाखाका प्रमुख रितु प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेको छ । ग्राहकहरुले एक्सेल बैंकका ५ जिल्लामा रहेको विभिन्न ३२ शाखाहरुबाट एशियन लाइफको जीवन बिमा गर्नुका साथै यससम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने जनाइएको छ ।
बैंकले यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. र नेपाल लाइफ इन्स्योरेन्ससँग पनि सम्झौता गरी ग्राहकहरुलाई विमा सेवा प्रदान गरिरहेको छ । यो सगै बैंकले बैंकास्योरेन्स गरेको इन्स्योरेन्स कम्पनी संख्या तीन पुगेको छ ।
तपाईको प्रतिक्रिया