५ जेठ /अर्थ र व्यापार- आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ लाख ७ हजार रुपैयाँ घाटामा रहेको छ । यो रकम गत वर्षको यसै अवधिमा ३३ लाख ८१ हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले कुल सञ्चालन आम्दानी साढे ७७ प्रतिशतले बढाएको छ । गत वर्ष ६४ लाख १२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष १ करोड १३ लाख ८२ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
यस वर्ष १२ लाख २३ हजार रुपैयाँ खराब कर्जा उठाएको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष शून्य रहेकोमा यस वर्ष ०.७५ प्रतिशत रहेको छ । सम्भावित जोखिम शिर्षमा ३२ लाख ९२ हजार रुपैयाँ छुट्याएको कम्पनीको यो तेस्रो त्रैमासमा सञ्चालन घाटा रू. ३३ लाख ३० हजार रहेको छ । गत वर्ष ७ लाख ४५ हजार रुपैयाँ मात्र सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकोमा यस वर्ष यो रकम ४ गुणा बढेको छ । जसले गर्दा कम्पनीले घाटा व्यहार्नु परेको अवस्था छ ।
तपाईको प्रतिक्रिया