२२ माघ / अर्थ र व्यापार - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । सन नेपाल लाईफका अधिकारीका अनुसार कम्पनीले केही दिनपहिले धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि आवेदन दिएको जानकारी दिए ।
कम्पनीले ६० करोडको आईपिओ निष्काशन प्रक्रिया अघि बढाएको छ । धितोपत्र बोर्डबाट स्वीकृत हुने वित्तिकै आईपिओ जारी गरिने सन नेपाल लाईफका सिईओ राजकुमार अर्यालले बताए । धितोपत्र बोर्डबाट समयमा स्वीकृत पाएमा आगामी चैत्र, बैशाखभित्रैमा आईपिओ जारी गर्ने तयारीमा कम्पनी रहेको छ ।
तपाईको प्रतिक्रिया