logo

दोस्रो त्रैमासमा अपि पावरको नाफा ३ गुणा बढ्यो

    1624   पटक पढिएको

१३ माघ/अर्थ र व्यापार– चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अपि पावर कम्पनी लिमिटेडको नाफामा ३ गुणा भन्दा बढीले बृद्धी भएको छ ।

मंगलवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३.४६ गुणा बढी भएको हो ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा रू. १४ करोड ३२ लाख १२ हजार खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले रू. ४ करोड १४ लाख १५ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ७९ प्रतिशतले बढेको छ । गत वर्ष रू. १३ करोड ५० लाख ३५ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड १९ लाख ६७ हजार यो आम्दानी गरेको हो ।

अन्य श्रोतबाट पनि कम्पनीले रू. ६ करोड १७ लाख ७० हजार आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष भने रू. १४ लाख ५ हजार थियो ।

हकप्रद र बोनस शेयर मार्फत चुक्तापूँजी रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि रू. २९ करोड ७० लाख ८१ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम १५७ प्रतिशतले बढेको हो । 

गत वर्ष दीर्घकालिन कर्जा रू. १ अर्ब ७१ करोड १७ लाख ९७ हजार रहेको अपि पावरको यस वर्ष यो कर्जा रू. १ अर्ब ७० करोड ३९ लाख ६२ हजारमा झरेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १४.८४ र प्रतिशेयर नेटवर्थ रू. ११५.३९ छ । गत वर्ष यस अवधिसम्म प्रतिशेयर आम्दानी रू. ६.९६ र प्रतिशेयर नेटवर्थ रू. १०९.७१ थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।