१० मंसिर/अर्थ र व्यापार– अपि पावर कम्पनीले दुई ओटा आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ ।
भर्चअल माध्यमबाट मंसिर ८ गते भएको कम्पनीको साधारण सभाले आव २०७५/७६ को र २०७६/७७ को साधारण सभा सम्पन्न गरेको हो ।
सभाले दुई ओटा आर्थिक वर्ष १४ प्रतिशत बोनस शेयर (२०७५/७६ को ५ प्रतिशत बोनस शेयर र २०७६/७७ को ९ प्रतिशत) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले पाँच जना सञ्चालक आगामी चार वर्षे कार्यकालका लागि सञ्चालकमा सतिश न्यौपाने, संजिव न्यौपाने, इन्द्रमणि त्रिताल, द्धारिक प्रसाद न्यौपाने र सृजना खड्कालाई निर्विरोध निर्वाचित गरेको छ ।
कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सतिश न्यौपानेलाई कम्पनीको अध्यक्ष पदमा मनोनयन गरेको सूचनामार्फत जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया