७ मंसिर/अर्थ र व्यापार– अपि पावर कम्पनीको सोमवार वार्षिक साधारण सभा हुँदैछ ।
साधारण सभा कम्पनीको प्रधान कार्यालय थापाथलीमा बिहान ११ बजे हुने कम्पनीले जानकारी गराएको छ ।
साधारण सभाले आव २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत र आव २०७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १ गतेदेखि ७ गतेसम्म बन्द रहनेछ ।
शेयरधनीले लाभांश कात्तिक २८ गतेसम्म कायम पाउनेछन्।
तपाईको प्रतिक्रिया