२७ असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सेञ्चुरी कर्म्सियल बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको ४० प्रतिशत हकप्रदपछिको सेयरमूल्य २९५ रुपैयाँ तोकेको छ । जसको आधारमूल्य ३३३ रुपैयाँ रहेको छ ।
आफुमा समाहित भएका अरनिको र इन्नोभेटिभका सेयरधनीले समेत पाउने गरी बैंकले चुक्ता पूँजी चार अर्ब ७१ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद बेच्न लागेको हो । हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ६० करोड पुग्नेछ ।
तपाईको प्रतिक्रिया