logo

शिखर ईन्स्योरेन्सद्धारा पुँजीवृद्धि योजना सार्वजनिक

    1411   पटक पढिएको


११ असार / अर्थ र व्यापार - शिखर ईन्स्योरेन्स कम्पनीले नेपाल स्टक एक्सेचेञ्ज मार्फत पूँजी वृद्धि योजना सार्वजनिक गरेको छ । कम्पनीले थप नयाँ सेयर एफपिओ निष्कासन तथा बोनसबाट विमा समितिले तोकेको पूँजी पुर्याउने योजना सार्वजनिक गरेको हो । शिखरले तेस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क एक अर्ब १४ करोड नघाएको छ भने २६ करोड खुद नाफा कमाएको छ ।

 कम्पनीको गत विहीबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको आइतबार नेप्सेलाई दिएको सूचनामा जनाईएको छ । विमा समितिको निर्देशन अनुसार निर्जीवन विमा कम्पनीले ०७५ असारसम्ममा एक अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । 

हाल शिखरको ८१ करोड चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २४ करोड छ । उसले बीमा समितिले तोकेको चुक्ता पूँजी एक अर्ब पुर्याउन थप १९ करोडको बोनस सेयर दिए पुग्ने अबस्था छ ।

शिखरले आफ्नो पूँजी योजनामा १२ औ साधारणसभाबाट पारित भएबमोजिम एफपिओ निष्कासन गर्ने बुदा समेत समेटेको छ । कम्पनीले १३ लाख ६२ हजार सात सय ८१ कित्ता थप नयाँ सेयर एफपिओ प्रिमियम सहित १६२० रुपैयाँमा निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले गत फागुनमै एफपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन समेत गरिसकेको छ ।

धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निस्कासन निर्दे्शिका २०७४ अनुसार भने तत्काल एफपिओ जारी गर्न पाँउदैन । नयाँ निर्दे्शिकाले संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्काशन गरेको मितिले ५ बर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न नसक्ने ब्यवस्था गरेको छ ।

अघिल्लो बर्ष मंसिरमा एफपिओ जारी गरेको कम्पनीले अर्को एफपिओ जारी गर्न अझै साढे तीन बर्ष कुर्नु पर्नेछ।  नयाँ निर्दे्शिका बमोजिम शिखरले एफपिओ जारी गर्न नपाउने भएपनि धितोपत्र बोर्डको वेभसाइटमा भने शिखरको एफपिओ अझै पाइपलाइनमै देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।