logo

शिखर ईन्स्योरेन्सद्धारा पुँजीवृद्धि योजना सार्वजनिक

    1483   पटक पढिएको


११ असार / अर्थ र व्यापार - शिखर ईन्स्योरेन्स कम्पनीले नेपाल स्टक एक्सेचेञ्ज मार्फत पूँजी वृद्धि योजना सार्वजनिक गरेको छ । कम्पनीले थप नयाँ सेयर एफपिओ निष्कासन तथा बोनसबाट विमा समितिले तोकेको पूँजी पुर्याउने योजना सार्वजनिक गरेको हो । शिखरले तेस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क एक अर्ब १४ करोड नघाएको छ भने २६ करोड खुद नाफा कमाएको छ ।

 कम्पनीको गत विहीबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको आइतबार नेप्सेलाई दिएको सूचनामा जनाईएको छ । विमा समितिको निर्देशन अनुसार निर्जीवन विमा कम्पनीले ०७५ असारसम्ममा एक अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । 

हाल शिखरको ८१ करोड चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २४ करोड छ । उसले बीमा समितिले तोकेको चुक्ता पूँजी एक अर्ब पुर्याउन थप १९ करोडको बोनस सेयर दिए पुग्ने अबस्था छ ।

शिखरले आफ्नो पूँजी योजनामा १२ औ साधारणसभाबाट पारित भएबमोजिम एफपिओ निष्कासन गर्ने बुदा समेत समेटेको छ । कम्पनीले १३ लाख ६२ हजार सात सय ८१ कित्ता थप नयाँ सेयर एफपिओ प्रिमियम सहित १६२० रुपैयाँमा निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले गत फागुनमै एफपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन समेत गरिसकेको छ ।

धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निस्कासन निर्दे्शिका २०७४ अनुसार भने तत्काल एफपिओ जारी गर्न पाँउदैन । नयाँ निर्दे्शिकाले संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्काशन गरेको मितिले ५ बर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न नसक्ने ब्यवस्था गरेको छ ।

अघिल्लो बर्ष मंसिरमा एफपिओ जारी गरेको कम्पनीले अर्को एफपिओ जारी गर्न अझै साढे तीन बर्ष कुर्नु पर्नेछ।  नयाँ निर्दे्शिका बमोजिम शिखरले एफपिओ जारी गर्न नपाउने भएपनि धितोपत्र बोर्डको वेभसाइटमा भने शिखरको एफपिओ अझै पाइपलाइनमै देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।