७ असार / अर्थ र व्यापार - अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले ३ कित्ता हुनेले २.८ कित्ता दिने गरी (३ः२.८)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ ।
एक सय रुपैयाँ दरको यो बैंकले हकप्रद किन्न गत जेठ २१ गतेसम्म कारोबार गरेका सेयरधनीले मात्रै पाउने गरी सूचना जारी गरेको छ । बैैंकले यही असार २५ गतेबाट आवेदन खुला गरेको छ ।
आवेदन साउन २९ गतेसम्म दिन पाइने जानकारी दिएको छ । यसको सेयर आवेदन बैंकका हेटौडा, काभ्रे, चितवनसहिका विभिन्न कार्यालय, एनएमबी बैंक र एनमएमबी क्यापिटलबाट आवेदन दिन सकिने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।
तपाईको प्रतिक्रिया