logo

अजोड इन्स्योरेन्सको खुद नाफा ५ करोड ३० लाख रुपैयाँ, साँढे ११ करोड बढी बीमाशुल्क संकलन

    1362   पटक पढिएको


२८ कात्तिक/अर्थ र व्यापार– अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आवको पहिलो तीन महिनामा ७७ लाख ९७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आवको पहिलो तीन महिनामा कम्पनीको नाफा ४ करोड ५३ लाख रूपैयाँले बढी हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको पहिलो त्रैमासमा ७ करोड ९५ लाख रुपैयाँले बढी हो । 

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६ करोड ९६ लाख रुपैयाँ  रहेको छ भने बीमा कोषमा ८ करोड रुपैयाँ रहेको छ । 

इन्स्योरेन्सले ३५ हजार ९५२ वटा बीमालेख जारी गरी कुल ३३ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा २ हजार ८७९ बीमालेख नविकरण भएका छन् ।

कम्पनीले ५९७ वटा दाबी वापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५४२ दाबीका लागि १२ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी ५.३० रूपैयाँ र प्रतिसेयर नेटवर्थ ११६.७२ रूपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।