२२ मंसिर/अर्थ र व्यापार– अजोड इन्स्योरेन्स कम्पनीले कल्याण बन्धु अर्याललाई सञ्चालकमा नियुक्त गरेको छ।
कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा मनोनित गरी नियुक्त गरेको हो ।
अर्यालले कम्पनीको आगामी हुने तेस्रो वार्षिक साधारणसभाबाट नियुक्त हुने सञ्चालकले प्रतिनिधित्व नगरेसम्मको लागि कम्पनीको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
तपाईको प्रतिक्रिया