१६ असार / अर्थ र व्यापार - काठमाडौंको कोटेश्वरमा रहेको मदनबाटीका पार्क महादेवस्थानलाई कृषि विकास बैंकले सहयोग गरेको छ । सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत कृषि विकास बैंक क्षेत्रीय कार्यालय काठमाडौंबाट आयोजित कार्यक्रममा पूर्व कानुनमन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेलको प्रमुख आतिथ्यमा कार्यक्रमका विशिष्ठ अतिथि तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कार्यक्रमका प्रमुख अतिथी अग्नि खरेलले कृषि विकास बैंकले उपलब्ध गराएको १ सय ५० थान डस्बिन उपभोक्ता समितिलाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।
उपाध्यायले नेपाली जनताको आर्थिकस्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाबारे चर्चा गर्दै बैंकले दूरदराजमा रहेका आम किसानहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको तथा उनीहरूको क्षमता वृद्धिका लागि बिभिन्न वित्तीय साक्षरता एवं तालिमहरूका साथसाथै यस्तै प्रकृतिका सेवामूलक कार्यहरू पनि निरन्तर रूपमा गर्दै आइरहेको बताए ।
तपाईको प्रतिक्रिया