२७ पुष / अर्थ र व्यापार - कृषि विकास बैंकको लाभांश पारित भएको छ। बैंकको पुस २७ गते आइतबार सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले ३० प्रतिशत लाभांश पारित गरेको हो।
सभाले गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
यस्तै, अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ।
सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ।
बोनस शेयर वितरण पछि बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।
तपाईको प्रतिक्रिया