६ माघ / अर्थ र व्यापार - कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निश्कासन गरेको छ । सेयर बजार उकालो लागि रहेको बेला बैंकले सो रकमको ऋणपत्र निश्कासन गरेको हो ।
बैंकले आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र एक हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँको बराबरको एडीबीएल कृषि बैक ऋणपत्र २०८३ निष्काशन गरेको हो ।
बैंकको ५३औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकले ऋण पत्र जारी गरेको हो । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गरेको छ । कृषि विकास बैंकमा ५१ प्रतिशत नेपाल सरकार र ४९ प्रतिशत सर्वसाधरणहरुको शेयर रहेको छ । यो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप छ ।
तपाईको प्रतिक्रिया