२ पुस/अर्थ र व्यापार– कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
बैंकले रू. ६ अर्ब बराबरको ६० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि मंसिर २९ गते बोर्डमा निवेदन दिएको हो ।
बैंकले ६० लाख कित्तामध्ये २४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ३६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले ७ वर्ष सम्मको लागि ४ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नको लागि बोर्डमा निवेदन दिएको हो ।
तपाईको प्रतिक्रिया