२२ पुष / अर्थ र व्यापार - सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको जनाएको छ ।
सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत, बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउँन सक्नेछन् ।
तपाईको प्रतिक्रिया