२ असोज / अर्थ र व्यापार – नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत भदौ २९ गते नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार एन.वी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको विकासका लागी विभिन्न तालिम उपलब्ध गराउने छ । बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटसँग ५० लाखभन्दा बढी रकमको लागि आफ्नो कर्मचारीका लागि वार्षिक तालिम संचालन गर्ने छ ।
उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट काकार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
तपाईको प्रतिक्रिया