logo

नबिल बैंक र फिनलिट नेपालबीच सम्झौता

    1731   पटक पढिएको

३० जेठ / अर्थ र व्यापार-लमजुङको बेशिसहरमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि नबिल बैंक र फिनलिट नेपाल प्रालिले सम्झौता गरेका छन् । 

जेठ २८ गते बैंकमा आयोजित एक कार्यक्रममा नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट नेपाल प्रा.लि.का सञ्चालक प्रकाश कोइरालाले त्यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

यस अन्तर्गत नबिल बैंकले फिनलिट नेपालसँग सहकार्य गरी बेशिसहरका दश स्कुलहरुबाट आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । यस सम्झौताले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

 फिनलिट नेपालले “स्कुल बैंक” नामक संरचनागत अवधारणा लिई अगाडी आएको छ, जसले आर्थिक साक्षरताका साथै लक्षित विद्यार्थी तथा युवाहरुको आर्थिक क्षेत्रमा पहुँचको लागि आवश्यक जानकारी प्रदान गर्दछ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरुका वावु(आमालाई नगद(रुपैयाँको ब्यवस्थापन, वचत तथा खर्च, आर्थिक योजना र लगानी सम्बन्धी सिद्धान्तहरुको वारेमा सिकाएर आर्थिक मामिलामा राम्रोसँग बुझाउनको लागि स्कुल बैंक नामक आर्थिक शिक्षा सम्वन्धी ढाँचाको तर्जुमा गरिएको छ । 

स्कुल बैंकको पाठ्यक्रमको ।अवधी सात महिनाको रहेको छ । यो कार्यक्रम विद्यार्थीहरुको लागि अत्यन्त लाभदायी हुनेछ । 

आगामी दिनहरुमा बैंकले आर्थिक साक्षरता सचेतनाको विस्तारमा अझ वढी क्रियाकलापहरु सञ्चालन गर्ने छ ।

सात महिनाको अवधीमा स्कुल बैंक कार्यक्रमले विद्यार्थीहरुको माझमा पक्कै पनि सकारात्मक सन्देश प्रवाह गर्ने छ र यो कार्यक्रमको समाप्ति पश्चात वित्तीय साक्षरताका सन्दर्भमा विद्यार्थीहरुमा सजिलै देख्न सकिने गरी प्रभाव पार्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।