१४ माघ / अर्थ र व्यापार- महालक्ष्मी विकास बैंक आरटिजिएस प्रणालीमा आवद्ध भएको छ । आफनो ग्राहकहरुका लागि आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौटका लागि नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पछि ग्राहकहरुले आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया