logo

एफएनसीसीआई र सनराइज बैंकबीच सम्झौता, महिला उद्यमीलाई सहुलियतमा ऋण दिने

    1393   पटक पढिएको

२१ पुष / अर्थ र व्यापार - उद्यमशीलता विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमति भएको छ।

महासंघकी अध्यक्ष भवानी राणाको उपस्थितीमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरे। सहमतिअनुसार महासंघमा आबद्ध उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा लिँदा सहुलियत दिने र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ।

यो सहमतिबाट महासंघमा आबद्ध उद्यमीमा बैंकिङ पहुँच पुग्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा अध्यक्ष राणाले  महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशीलता विकास गर्न सहमति कोशेढुंगा हुने विश्वास व्यक्त गरिन्।

उनले आर्थिक रूपमा महिला सशक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै महासंघ र बैंक बीचको सहकार्यले महिलाको आर्थिक सशक्तिकरणमा सहयोग र्पुयाउने दाबी गरिन्। सनराइज बैंककी नायब प्रमुख कार्यकारी अधिकृत अधिकारीले महासंघसँगको सहकार्यबाट आफूहरू निकै उत्साहित भएको बताइन।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।