३ असोज / अर्थ र व्यापार – सयपत्री हाइड्रोपावरले असोज २४ गते पहिलो बार्षिक साधारणसभा डाकेको छ । साधारणसभामा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राम्भिक शेयर (आपिओ) जारी गर्ने विशेष प्रस्ताव पारित गरिने छ ।
कम्पनीबाट संचालित २.५ मेघावाटको दरम खोला ’ए’ जलविद्युत आयोजनाको लागि आवश्यक आर्थिक स्रोत जुटाउन प्राथमिक शेयर जारी गर्ने लागेको छ । सधारणभाले आर्थिक वर्ष २०७३–७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगाएतका आर्थिक विवरण पारित गर्ने भएको छ । साथै साधारणसभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती गर्ने छ ।
तपाईको प्रतिक्रिया