५ भदौ / अर्थ र व्यापार – प्राइम लाइफ इन्स्योरेन्सले भदौ २७ गते एकै पटक सातौँ, आठौं, नवौं र दशौं बार्षिक साधारणसभा गर्ने भएको छ । सभामा २०६९ देखि २०७३ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर दिने विशेष प्रस्ताव लैजाने छ । बोनस शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजीमा १६० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पनि छ । कम्पनीको हालको चुक्ता पूँजी ४८ करोड ८१ लाख रहेको छ ।
कम्पनीले २५ प्रतिशत बोनस शेयर दिए सँगै पूँजी ६१ करोड पुग्ने छ । हकप्रद शेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । त्यस पछि बोनस शेयर मार्फत बीमा समितिले तोके बमोजिम दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी रहेको छ । बोनस शेयर तथा साधारणसभा प्रयोजनको लागि भदौ १४ गते एक दिन बुक क्लोज हुने छ ।
भदौ १३ गतेसम्म कायम हुने शेयरधनीले मात्र बोनस शेयर पाउनेछन् । कम्पनीले साधारणसभाबाट दुई जना स्वतन्त्र सञ्चालकको नियुक्ती पनि अनुमोदन गराउने भएको छ ।
तपाईको प्रतिक्रिया