१५ बैशाख /अर्थ र व्यापार - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ४५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा जम्ममा ४ हजार रुपैयाँ कमाएको थियो । यस लघुवित्तको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ पुर्याएको छ भने जगेडाकोषमा १ करोड ४३ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तले निक्षेपमा ४० करोड १७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ४४ दशमलव १२ प्रतिशतले वृद्धि गरी १ अर्ब ५८ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानीमा ११६ दशमलव ६६ प्रतिशतले वृद्धि गरी ७ करोड ८१ लाख रुपैयाँ पुगेको छ । जसले अन्य संचालन मुनाफा ३ करोड ७५ लाख आर्जन गरेको । संचालन मुनाफा १ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको जोखिम युक्त सम्पत्ति १३ दशमलव ४६ प्रतिशत, निष्कृय कर्जा २ दशमलव ६७ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ९ दशमलव ३६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५० दशमलव ३३ गुणा, प्रतिशेयर नेटवर्थ १०६ दशमलव ९० रुपैयाँ र तरलता अनुपात २१ दशमलव २० प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया