२५ असार / अर्थ र व्यापार - आँधिखोला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर आजदेखि बन्द हुने भएको छ । आँधिखोला लघुवित्तले सर्वसाधारणतर्फ निष्काशन गरेको तीन दिनमै ११ गुणाभन्दा बढीको आवेदन परेको छ । मंगलबारसम्ममा दुई लाख ६४ हजार भन्दा धेरै आवेदकले ४६ लाख ३८ हजार कित्ताको लागि आवदेन दिएका छन् ।
संस्थाले सर्वसाधारण तर्फको चार लाख कित्तामध्ये तीन लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको छ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सक्ने छन् ।
प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापकतर्फ ६० प्रतिशत अर्थात छ करोड रुपैयाँ र सर्वसाधारण तर्फ ४० प्रतिशत अर्थात चार करोड रुपैयाँ कायम हुनेछ । केन्द्रीय कार्यालय स्याङ्जा रहेको संस्थाको कार्यक्षेत्र १० वटा जिल्लामा रहेको छ । हाल १९ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । हाल संस्थाको कायम चुक्ता पूँजीका आधारमा प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ । आगामी तीन आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ३७ रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण छ ।
तपाईको प्रतिक्रिया